काठमाडाैँ : संयुक्त राष्ट्रसङ्घको शान्ति सेना सन् २०२६ डिसेम्बर ३१ देखि लेबनान छोड्ने योजना अनुसार काम भइरहेको भएपनि इटालीले भने लेबनानमा आफ्नो सैन्य उपस्थिति कायम राख्ने बताएको छ ।रक्षामन्त्री गुइडो क्रोसेटोले लेबनानको भ्रमणका क्रममा भने, “युनिफिलपछि पनि इटालीले आफ्नो भूमिका निर्वाह जारी राख्नेछ र अन्तर्राष्ट्रिय उपस्थितिलाई विश्वासका साथ समर्थन गर्नेछ । इटालीले अबको समयमा लेबनानी सशस्त्र बलको क्षमता विकासमा सहयोग गर्नेछ।”
इटालीका रक्षा मन्त्रालयका प्रवक्तालाई एएफपीले के इटालीले लेबनानमा सैन्य उपस्थिति कायम राख्न चाहेको हो भनी सोधिएको प्रश्नमा उनले इटालीको सेनाले अहिले छोडिनहाल्ने कुरा पुष्टि गरे ।सन् १९७८ देखि इजरायल र लेबनानबीच एक मध्यवर्ती सीमा क्षेत्रको रूपमा काम गरिरहेको थियो भने सन् २००० मा इजरायलले दक्षिणी लेबनानमा कब्जा अन्त्य गरेपछि बाँकी लेबनानमा संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (युनिफिल) तैनाथ रहँदै आएको थियो ।लेबनानले युनिफिलको उपस्थिति चाहेको थियो ।संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत अगस्टमा इजरायल र उसको सहयोगी राष्ट्र अमेरिकाले युनिफिलको म्याद अन्त्य गर्न दबाब दिएपछि एउटा मात्र अन्तिम म्याद थप्ने पक्षमा मतदान गरेको थियो ।
हाल युनिफिलको नेतृत्व इटालीका मेजर जनरल डियोडाटो अबग्नाराले गरिरहनुभएको छ भने यहाँ ४९ देशका नौ हजार ९२३ सैनिक रहेका छन् ।लेबनानमा इन्डोनेसियापछि इटालीको दोस्रो धेरै एक हजार ९९९ सैनिक तैनाथ भएको छ। इजरायलले युनिफिलको अन्त्यको स्वागत गरेको छ ।इजरायल र हेजबुल्लाहबिच भएको युद्धविराम अन्तर्गत लामो समयदेखि नयाँ लेबनानी राष्ट्रिय सेना दक्षिणी लेबनानमा तैनाथ भइरहेको छ र हिजबुल्लाहको पूर्वाधार भत्काइरहेको छ।
“लेबनानी सशस्त्र बललाई बलियो बनाउन समर्थन आवश्यक छ, ताकि उनीहरू देशको रक्षा गर्न उत्तम स्थितिमा रहन सकून्, यसको सीमाको सुरक्षा र सम्मान सुनिश्चित गर्न सकून्,” क्रोसेटोले सोमबार भने ।नले अगाडि थपे, “हामी बहुपक्षीय र द्विपक्षीय सन्दर्भमा हाम्रो उपस्थितिको सुनिश्चितता गर्नेछौँ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij