Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

क्रिकेटर शेर मल्ल भन्छन्- नेपाललाई विश्वकप जिताउन मन छ

क्रिकेटर शेर मल्ल भन्छन्- नेपाललाई विश्वकप जिताउन मन छ

काठमाडौं : क्रिकेटर शेर मल्लले राष्ट्रिय टिममा सहभागी हुँदै नेपाललाई विश्वकप जिताउन मन लागेको बताएका छन् । एनपीएल दोस्रो सिजनमा लुम्बिनीलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका मल्लले विश्वकप उपाधि जित्ने सपना पूरा गर्न मिहिनेत जारी राख्ने बताए ।

बोलन्या थली धनगढीले शनिबार आयोजना गरेको एक कार्यक्रममा मल्लले खेलमा निखार ल्याउन आगामी दिनमा अझै मिहिनेत गर्ने बताए । राष्ट्रिय टिममा छनोटमा पर्ने/नपर्ने कुरा आफ्नो हातमा नरहेको बताउँदै उनले भने, ‘म त जहिले पनि पोजेटिभ नै सोच्छु, जे कुरा पनि मेरो लागि पोजेटिभ नै हुन्छ भनेर ।’

‘नेशनल टिमका लागि खेल्न पाउँदा प्राउड फिल हुन्छ । वर्ल्डकप खेल्ने सपना हुन्छ सबैजनाको,’ उनले अगाडि भने, ‘आगामी दिनमा के गर्ने भनेर मेरो फोकस जहिले पनि त्यसमा नै हुन्छ । हुन त सेलेक्सनको पार्ट मेरो हातमा छैन । तर जे हुन्छ राम्रोका लागि हुन्छ ।’

उनले एनपीएलको दोस्रो सिजन पहिलो सिजनको भन्दा राम्रो भएको बताउँदै आगामी सिजन झन् राम्रो हुने विश्वास व्यक्त गरे । एनपीएलको दोस्रो सिजनमा मल्लले १७ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट