Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

तीसवर्षदेखि अमेरिकामा बस्दै आएका नेपालीसहित ७५ जना डिपोर्ट

तीसवर्षदेखि अमेरिकामा बस्दै आएका नेपालीसहित ७५ जना डिपोर्ट

काठमाडौँ :  अमेरिकामा पिआर पाएर ३० वर्षदेखि बस्दै आएका एक जना नेपाली नागरिक निष्कासनमा परेका छन् ।पिआर नवीकरण नभएपछि निष्कासनमा परेका उनी बिहीबार मध्यान्ह नेपाल आइपुगेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए ।

बिहीबार उनीसहित ७५ जना नेपाली नागरिक निष्कासनमा परेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।चार्टर्ड विमान मार्फत फर्काइएकाहरूलाई सोधपुछ गरेर पठाइएको एसएसपी पङ्गेनीले बताए । डिपोर्ट भएका मध्ये दुई जना भिजिट भिसामा गएर लुकेका र ७२ जना अवैध तवरले तल्लोबाटो हुँदै अमेरिका छिरेकाहरू छन् । उनीहरूमध्ये ७२ जना पुरुष र ३ जना महिला छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना भएपछि अहिलेसम्म ६६६ जना अमेरिकाबाट फर्काइएका छन् ।अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि हालसम्म ४३९ जना जना नेपाली निष्कासनमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट