Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

साफ महिला क्लब च्याम्पियनसिपमा नेपाल एपिएफ क्लब र इस्ट बङ्गालक्लबबिच खेल हुदैँ

साफ महिला क्लब च्याम्पियनसिपमा नेपाल एपिएफ क्लब र इस्ट बङ्गालक्लबबिच खेल हुदैँ

काठमाडौं :  साफ महिला क्लब च्याम्पियनसिपमा नेपाल एपिएफ क्लब र इस्ट बङ्गाल फुटबल क्लबले आज लिगको अन्तिम खेल खेल्दैछन्।यी दुईबीच नै शनिबार फाइनल खेल्ने पक्का भइसकेको छ। राउन्ड रोविन लिगको एक खेलअगावै यी दुई टोलीले फाइनल समीकरणमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

लिगको अन्तिम खेलमा दुबैले एकअर्कासँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे खेल्नेछन।दुबै टोली प्रतियोगितामा अपराजित छन्। पछिल्ला तीन खेलमा एपिएफले सात अंक जोड्दा इस्ट बङ्गालले शतप्रतिशत जित हासिल गरेको छ।

बङ्गालले प्रतियोगितामा सर्वाधिक १३ गोल गरेको छ। एपिएफले पछिल्ला दुई खेलमा गोलका लागि निकै संघर्ष गर्नुपरेको छ। पहिलो खेलमा नासरिनको चुनौती ४–० ले पन्छाएको एपिएफले त्यसपछि एक गोल गर्न सक्यो।

नासरिनको पोस्टमा पाँच गोल गरेकी स्ट्राइकर अजिला इक्वापुट बङ्गालकी हतियार हुन्। एपिएफको रक्षापङ्क्ति उनको विशेषताप्रति सजग रहन आवश्यक छ।एपिएफकी स्ट्राइकर रश्मिकुमारी घिसिङलाई फाइनलअघि गोल स्कोरिङ लयलाई कायम राख्ने चुनौती हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट