यूएई : अबुधाबीस्थित नेपाली राजदूतावासले संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत सम्पूर्ण नेपाली समुदायलाई लक्षित गर्दै हुन्डी तथा अनौपचारिक विप्रेषण कारोबार नगर्न नेपालीहरुलाई सचेत गराएको छ। दूतावासले जारी गरेको एक सूचनामा नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा हुने वित्तीय लगानी रोकथाम गर्न सरकार गम्भीर रहेको उल्लेख गरिएको छ।
सूचनाअनुसार, विदेशमा बसेर अनौपचारिक रूपमा विप्रेषण (हुन्डी) गर्ने, वा सङ्कलित रकम नेपाल नपठाउने सम्बन्धी गोप्य जानकारी परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट पठाउने नीतिगत व्यवस्था लागू छ।
यही व्यवस्था अनुसार अबुधाबीस्थित दूतावासले प्रत्येक महिना यस्ता गतिविधिसम्बन्धी सूचना तथा तथ्याङ्क नियमित रूपमा परराष्ट्र मन्त्रालयमा पठाउँदै आएको जनाएको छ । दूतावासले यूएईमा रहेका कुनै पनि व्यक्ति, समूह वा संस्थाले हुन्डी जस्ता गैरकानुनी वित्तीय कारोबार नगर्न र नगराउन विशेष ध्यान दिन आग्रह गरेको छ। साथै, यदि कसैले यस्ता अवैध गतिविधि गरिरहेको जानकारी भए प्रमाणसहित सम्बन्धित व्यक्ति वा संस्थाको विवरण दूतावासलाइ remittconcern.eon@gmail.com इमेलमा उपलब्ध गराई गैरकानुनी वित्तीय कारोबार निरुत्साहित गर्न सहयोग गर्न पनि नेपाली समुदायसँग अनुरोध गरेको छ ।
दूतावासले वैधानिक माध्यमबाट मात्र विप्रेषण गर्न आग्रह गर्दै गैरकानुनी कारोबारले व्यक्ति मात्र होइन देशकै आर्थिक सुरक्षामा गम्भीर असर पार्ने चेतावनी समेत दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij