Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका पाठक नियुक्त

राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका पाठक नियुक्त

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) को लेभल-बी प्रशिक्षक रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानले जनाएको छ ।

भारतीय प्रशिक्षक पाठकले यसअघि थाइल्यान्डको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए । क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । नेपालले आगामी जनावरी १२ देखि फेब्रुअरी १ तारिखमा नेपालमै आयोजना हुने विश्वकप ग्लोबल छनोटका खेल खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट