Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आज एलओडीमा 'एनपीएल नाइट'

आज एलओडीमा 'एनपीएल नाइट'

काठमाडौँ  :  ठमेलस्थित एलओडी क्लबमा आज 'एनपीएल नाइट' आयोजना हुने भएको छ ।यसमा नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता खेलाडीहरूसहित अन्य आठवटै टिमका खेलाडीको सहभागिता रहनेछ ।

क्लबका सीईओ रविन श्रेष्ठका अनुसार एनपीएल समापन भएको अवसरमा यो सेलिब्रेसन नाइट आयोजना गरिएको हो, जसमा एनपीएलमा सहभागी सबै खेलाडी तथा टिमहरूको सहभागिता रहनेछ ।श्रेष्ठले भने, 'हाम्रो मुलुकका लागि एनपीएल हुनु गौरवको विषय हो । विभिन्न देशका खेलाडीहरू एनपीएलमा आएकाले मुलुकको पर्यटन प्रचारप्रसारमा ठुलो सहयोग पुगेको छ ।'

एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको एनपीएलको दोस्रो सिजनका लागि एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो ।यसअघि क्लबका सीईओ श्रेष्ठ र क्रिकेट एसोसिएसनका सचिव पारस खड्काले सम्झौता गरेका थिए । आगामी वर्षमा पनि क्लब इन्टरटेनमेन्ट पार्टनर बन्न सक्ने श्रेष्ठले बताए ।

एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका डीजेहरूले म्युजिक प्रस्तुत गरेका थिए । श्रेष्ठका अनुसार खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गराउने जिम्मेवारी क्लबले पाएको थियो ।मंसिर १ गतेबाट सुरु भएको खेल आज समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट