Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य

लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य

काठमाडौँ  : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई १ सय ३५ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो । लुम्बिनीका डार्सी शर्टले ४५, कप्तान रोहित पौडेलले ३४ रन बनाए । विराटनगरका सुवास भण्डारी तथा प्रतिस जिसीले समान ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनल पुगेको हो । यस्तै इलिमिनेटरमा हिजो काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो ।

एनपीएलको फाइनल खेल पर्सि शनिवार दिउँसो साढे ३ बजे शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट