काठमाडाैँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर चरणको खेलमा काठमान्डु गोर्खाज खराब ब्याटिङको सिकार भएको छ। क्वालिफायर पुग्नका लागि निर्णायक मानिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु ५ बल बाँकी हुँदै १ सय ११ रन जोड्दा अलआउट भयो।
काठमान्डुका लागि मोहमम्द आदिल आलम र जोन सिम्पसनले १८–१८ रन बनाउँदा सन्तोष यादवले १० रन बनाए। यि दुइ बाहेक भिम सार्कीको १४ रन र सन्तोष यादवको २३ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। काठमान्डुलाई सस्तैमा समेट्ने क्रममा सेर मल्ल र रोहित पौडेलले ३–३ विकेट लिंदा रुवेन ट्रम्पलमेनले २ तथा अभिषेस गौतमले १ विकेट लिए।
आजको खेलमा विजेता हुने टिमले दोस्रो क्वालिफायरमा विराटनगर किंग्स सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरबाट मंगलबार विराटनगरलाई हराएर सुदुरपश्चिम फाइनल प्रवेश गरिसकेकाले दोस्रो क्वालिफायरमा पुग्ने टिमको तय आजको यो खेलबाट तय हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij