Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

चितवन : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बागमती प्रदेशको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशनले चितवनलाई ‘उत्कृष्ट जिल्ला’ घोषणा गरेको छ।

बागमती प्रदेशअन्तर्गतका जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन, सङ्गठनात्मक सक्रियता र योगदानका आधारमा चितवन जिल्ला कार्यसमितिलाई यस वर्षको उत्कृष्ट जिल्लाको रूपमा सम्मान गरिएको हो।

अधिवेशनमा चितवनबाट प्रतिनिधित्व गर्दै संस्थाका अध्यक्ष वसन्त लामा, सचिव रोबिन सुवेदी कोषाध्यक्ष भूमिराज घिमिरेलगायतको उपस्थिति रहेको थियो।चितवन शाखाले निरन्तर सांस्कृतिक संरक्षण, प्रतिभा विकास र संस्थागत सक्रियतामार्फत प्रदेशभर सकारात्मक पहिचान बनाउँदै आएको हुँदा बागमती प्रदेशले उच्च मूल्याङ्कन गर्दै ‘उत्कृष्ट जिल्ला’ उपाधि प्रदान गरेको सचिव सुवेदीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट