Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायणदास मानन्धरको निधन

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायणदास मानन्धरको निधन

काठमाडौँ : प्राइम कमर्सियल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणदास मानन्धरको निधन भएको छ। उनको ८३ वर्षको उमेरमा आइतबार (मंसिर २१ गते) निधन भएको हो।

मानन्धर नेपालको बैंकिङ क्षेत्रमा लामो समयसम्म क्रियाशील रहँदै राष्ट्रिय वित्तीय संस्थाहरूमा योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा चिनिन्थे। उनले आफ्नो व्यावसायिक यात्रा सन् १९६९ मा भूमि सुधार तथा बचत निगमको शाखा प्रमुखको रूपमा सुरु गरेका थिए। त्यसपछि उनी राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंकमा प्रथम श्रेणीको विभागीय प्रमुख र नायब महाप्रबन्धकसमेत बनेका थिए।

उनको करियरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा महत्वपूर्ण भूमिका रह्यो। उनी धानचामल निर्यात कम्पनीका महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (FAO) का परामर्शदाता, राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी सञ्चालक, लुम्बिनी बैंकका सीईओ, विश्व बैंकको जलविद्युत विकास कोष, नेपाल–बंगलादेश बैंक हुँदै अन्ततः प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत भएर सेवानिवृत्त भएका थिए।

उनको निधनले बैंकिङ तथा वित्तीय क्षेत्रमा गहिरो शोकको लहर चलेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij