Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रियल म्याड्रिड सेल्टा भिगोसँग २–० गोलले पराजित

रियल म्याड्रिड सेल्टा भिगोसँग २–० गोलले पराजित

काठमाडौँ : स्पेनिस ला लिगाको उपाधि दावेदार रियल म्याड्रिडले मध्यम दर्जाकी टोली सेल्टा भिगोसँग आइतबार राति घरेलु मैदानमा खेलेको खेलमा २–० गोलले पराजय भोगेको छ।

यो हारसँगै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले शीर्ष टोली बार्सिलोनासँगको अङ्क दूरी घटाउने अवसर गुमाएको छ। दोस्रो स्थानमा रहँदा पनि रियलको १६ खेलबाट ३६ अङ्क मात्रै भएको छ भने सेल्टा भिगो १५ खेलबाट १९ अङ्कसहित १०औँ स्थानमा उक्लिएको छ। शीर्षस्थानमा रहेको बार्सिलोनाको ४० अङ्क छ।

खेलमा विजयी गोल दुवै विलियट स्वेडबर्गले गरेका थिए। उनले ५३औँ मिनेटमा पहिलो गोल र दोस्रो हाफको इन्जुरी समयमा दोस्रो गोल गरे। पहिलो हाफ ०–० गोल बराबरीमा सकिएको थियो र रियल म्याड्रिडले गोल फर्काउने प्रयास अन्तिमसम्म सफल हुन सकेन।

खेलको अन्तिम समयमा फरान गार्सियाले दोहोरो पहेँलो कार्ड पाउँदा रातो कार्ड पाएपछि रियलले अन्तिम केही समय १० खेलाडीमा खेल्नु परेको थियो।

यस हारले रियल म्याड्रिडको शीर्षस्थानको दावीमा चुनौती थपेको छ भने बार्सिलोनालाई फाइदा पुगेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट