Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इस्ट बंगालको विजयी सुरुआतको खोजी, पहिलो हाफमै अग्रता

इस्ट बंगालको विजयी सुरुआतको खोजी, पहिलो हाफमै अग्रता

काठमाडौं : साफ महिला क्लब च्याम्पियनसिपमा भारतीय क्लब इस्ट बंगाल एफसी भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी विरुद्धको पहिलो हाफमा १–० ले अग्रतामा पुगेको छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगालका लागि ३६औँ मिनेटमा फजिला इक्वापुतले सौम्या गुगुलुथको क्रसमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाइन्।

इस्ट बंगाल प्रतियोगितामा विजयी सुरुआत गर्ने लक्ष्यमा छ भने ट्रान्सपोर्टको यो दोस्रो खेल हो। यसअघि ट्रान्सपोर्टले उद्घाटन खेलमा पाकिस्तानी क्लब कराची सिटी एफसीसँग गोलरहित बराबरी गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट