Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

India Business Awards 2025 मा महालक्ष्मी विकास बैंक सम्मानित

India Business Awards 2025 मा महालक्ष्मी विकास बैंक सम्मानित

काठमाडौं : ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले “बैकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट” (Excellence in Banking Innovation and Customer Delight) विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

डिसेम्बर ०७, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित India Business Awards 2025 कार्यक्रममा बैंकलाई यो सम्मान प्रदान गरिएको हो। बैंकका वरिष्ठ अधिकृतहरूले अवार्ड ग्रहण गरेका थिए।

बैंकले ब्रान्ड प्रतिष्ठा सुधार, ग्राहक विश्वास अभिवृद्धि, बैंकिङ्ग सेवामा नवप्रवर्तन, उत्कृष्ट नेतृत्व र वृत्ति विकास, मिडिया उपस्थिति र सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेको योगदानका कारण यो अवार्ड प्राप्त गर्न सफल भएको हो।

यस अवार्डले नेपाल र भारतबीच सीमा–पार वित्तीय सेवा, भुक्तानी तथा रेमिटेन्स प्रवद्र्धनमा महालक्ष्मी विकास बैंकको भूमिका थप सुदृढ पार्ने बैंकको विश्वास छ। बैंकले हालै इन्डियन चेम्बर अफ कमर्स (ICC), भारतको प्रतिष्ठित अवार्ड पनि प्राप्त गरेको थियो, जसले अन्तर्राष्ट्रिय स्तरमा बैंकको उपस्थितिलाई अझ मजबुत बनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट