काठमाडौं : जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज (मंसिर २२) कुनै खेल निर्धारित छैन। लिग चरणका सबै खेल सकिएपछि मैदान व्यवस्थापन र तयारीका लागि आजलाई विश्राम दिइएको आयोजकले जनाएको छ।
भोलि सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न ४ बजे हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आमनेसामने हुनेछन्।
सुदूरपश्चिम रोयल्स लिग चरणको अंकतालिकामा शीर्ष स्थानमा रहँदै क्वालिफायर–१ मा पुगेको हो भने विराटनगर किंग्स दोस्रो स्थानमा उक्लँदै प्रतिस्पर्धामा उत्रिनेछ। सुदूरपश्चिमले लिग चरणका सातमध्ये ६ खेल जितेको थियो भने विराटनगरले सातमध्ये ५ खेलमा जित दर्ता गरेको थियो।
लिग चरणमा सुदूरपश्चिमले भोगेको एकमात्र हार विराटनगरविरुद्धकै थियो। त्यसैगरी विराटनगर किंग्स चितवन राइनोज तथा लुम्बिनी लायन्ससँग पराजित भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij