Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने

थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने

काठमाडौँ : गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना हुने भएको छ। विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ। यो प्रतियोगितामा १० किलोमिटर तथा  पाँच किलोमिटर दौड समावेश गरिनेछ ।

नेपाली राजदूतावास, थाइल्याण्डमा सरोकारवाला संघ संस्थाको सहभागितामा आइतबार छलफल कार्यक्रम आयोजना गरेको थियो । सो  छलफलमा नेपाल एयरलाइन्स, गैर–आवासीय नेपाली संघ–थाइल्याण्ड  राष्ट्रिय समन्वय परिषद्, पिपुल अफ नेपाली ओरिजिन एशोसिएसन, थाई–नेपाल संघ, थाई–नेपाल फ्रेन्डसिप एसोसिएसन, संयुक्त राष्ट्र संघीय निकायमा कार्यरत नेपाली, र विभिन्न पेशा सञ्चालन गरिरहेका नेपाली उद्यमीसहित म्याराथन सञ्चालन गर्ने केही थाई नागरिकसमेत सहभागिता  थिए।

कार्यक्रमका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डमा स्थापित नेपालसँग सम्बन्धित सबै संघ–संस्थाका प्रतिनिधि समावेश हुनेगरी एक आयोजक समिति गठन गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट