Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

सोमालिया :  सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको मृत्यु हुनुका साथै एक हजार अन्य सङ्क्रमित भएको सोमालियाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले आइतबार बताएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी उक्त रोगका कारण ५ देखि १५ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, “यस ‘खतरनाक अवस्था’ लाई सम्बोधन गर्दै मन्त्रालयले रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरेको छ, खोप डिसेम्बर १५ देखि सुरु हुनेछ र पाँच दिनसम्म चल्नेछ।”

“गाउँ, स्वास्थ्य संस्था र विद्यालयमा रहेका सबै बालबालिकालाई खोप लगाइने छ”, मन्त्रालयले भनेको छ। यसलाई ‘घातक रोग’ को रूपमा वर्णन मन्त्रालयले अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई खोप तथा उपचारका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गरेको छ ।यो चेतावनी सोमालियामा बिग्रँदो मानवीय अवस्था, बाढी र खडेरीलगायत निरन्तर द्वन्द्व र जलवायु परिवर्तनका झट्काहरूले जटिल बनाइरहेको बेला आएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट