काठमाडौँ, मङ्सिर २१ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई जितका लागि १३० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रन बनायो।
कर्णालीका लागि इमरन शेखले सर्वाधिक ३३ रन बनाएका छन्। यस्तै गुल्शन झाले १९, कप्तान सोमपाल कामी १८, प्रियांक पान्चल १६, विलियम वसिस्टो १५ र नजिबुल्लाह जद्रान १३ रन बनाएका थिए।
बलिङतर्फ जनकपुरका ललित राजवंशी र आदित्य महताले दुई–दुई विकेट लिए भने संगीत कोरे, माज सदाकत र अनिल शाहले एक–एक विकेट हात पारे।
प्लेअफको दौडबाट बाहिरिसकेका यी दुई टोलीको खेल आज प्रतिष्ठाका लागि हुने खेल मानिएको छ। यसअघि दुवै टोलीले समान ६ खेलबाट १–१ जित हात पारेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij