Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपिएल: लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने

एनपिएल: लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स अहिले आमनेसामने छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर कर्णालीलाई पहिले ब्याटिङ गर्न आमन्त्रण गरेको हो।

पहिले नै प्लेअफ दौडबाट बाहिरिएका दुवै टोलीका लागि आजको खेल प्रतिष्ठा जोगाउने अवसर बनेको छ। यसअघि दुवै टोलीले ६–६ खेलमध्ये एक–एक जीत हासिल गरेका थिए।

यसैगरी, प्रतियोगितामा सहभागी आठ टोलीमध्ये पोखरा एभेन्जर्स र चितवन राइनोज पनि लिग चरणमै बाहिरिएका छन्।
क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले स्थान सुरक्षित गरेका छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स एलिमिनेटरका लागि छनोट भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट