काठमाडौ : नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण अन्तरगत आज समूह चरणको अन्तिम खेल हुदैछ। खेलमा समूह चरणबाट नै बाहिरिएका कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै छन्। खेल आज दिउँसो ३ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
समूहबाट अगाडि बढ्न नसके पनि दुवै टोली आजको भिडन्तमा जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्ने दाउमा रहनेछन्।प्रतियोगिताको ‘प्लेअफ’ समीकरण पूरा भइसकेको छ। सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स ‘प्लेअफ’ चरणमा प्रवेश गरिसकेका छन्।
मंगलबार हुने पहिलो ‘क्वालिफायर’ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्नेछन्। उक्त खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले काठमाण्डु र लुम्बिनीबिच हुने ‘एलिमिनेटर’ को विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो मौका पाउनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij