काठमाडौँ : नेपाली प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितका लागि १२१ रनको लक्ष्य दिएको छ।
त्रिवि मैदान, कीर्तिपुरमा शनिबार भएको खेलमा चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन बनाएको थियो।
चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाएका थिए। यस्तै अल्पेश रामजनीले ३३, कुशल मल्लले २३, र सैफ जइफले १७ रन बनाएका थिए।
बलिङतर्फ, पोखराका धनन्जय लक्ष्मणले ३ विकेट लिएका थिए भने विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले १–१ विकेट लिए।
खेलमा चितवन र पोखरा दुवै टीमहरू समूह चरणबाट बाहिरिसकेका छन्, तर खेल मनोरञ्जन र टीमको प्रदर्शन मूल्याङ्कनको दृष्टिले महत्वपूर्ण रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij