Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित

विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित

काठमाडौँ : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ।

जितका लागि निर्धारित १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर पुरा गर्‍यो। यस क्रममा साम हिजलेटले ५१ र फाफ डु प्लेसिसले ५० रनको अर्धशतकीय पारी खेले। सुदूरपश्चिमका अविनाश बोहराले दुई विकेट र हर्मित सिंहले एक विकेट हात पारे।

पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनायो। आरिफ शेख सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन योगदान दिए। विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन र प्रतिश जिसीले दुई विकेट लिए।

आजको जितसँगै विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगको भिडन्त सुनिश्चित गरेको छ। सुदूरपश्चिम भने यसअघि नै क्वालिफायरमा पुगेको थियो। एनपीएलको इलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्नेछन्। अर्को खेलमा आजै अपराह्न ३ः३० बजे चितवन राइनोज र पोखरा एभेञ्जर्स प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट