काठमाडौँ : राजधानी कीर्तिपुरस्थित रङ्गशालामा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई १४८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४७ रन बनाएको हो। टोलीका लागि आरिफ शेखले सर्वाधिक अविजित ४५ रन, भने इशान पाण्डेले ३८ रन जोडेका थिए। विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए भने प्रतिश जिसीले दुई विकेट हात पारे।
सुदूरपश्चिम रोयल्स अपराजित रहँदै छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगेको छ। आठ अङ्कसहित प्लेअफमा सुरक्षित विराटनगर किङ्ग्सको पहिलो क्वालिफायरमा खेल्ने मौका आजको जीतमा निर्भर रहनेछ।
यदि विराटनगरले राम्रो रनरेटका साथ जीत हासिल गर्यो भने, उनीहरूले सुदूरपश्चिमसँग पहिलो क्वालिफायर खेल्नेछन्। अन्यथा इलिमिनेटर खेलका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
आजै अपराह्न ३:३० बजे अर्को खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij