Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सुदूरपश्चिम अपराजित, विराटनगरको जीत पहिलो क्वालिफायर सुनिश्चित गर्नेछ

सुदूरपश्चिम अपराजित, विराटनगरको जीत पहिलो क्वालिफायर सुनिश्चित गर्नेछ

काठमाडौं :  कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेर बलिङ रोजेको छ।

सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित छन् र छ खेलबाट १२ अंक जोडेर पहिलो क्वालिफायरमा पुगिसकेका छन्, जसले गर्दा उसलाई कुनै दबाब छैन। अर्कोतर्फ, आठ अंकसहित प्लेअफमा सुरक्षित रहेको विराटनगर किङ्सले पहिलो क्वालिफायरमा पुग्न आजको खेलमा जीत आवश्यक छ।

विराटनगरले राम्रो रनरेटसहित जित हासिल गरे सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्नेछ, नभए लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नुपर्नेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौं गोर्खाज भिड्नेछन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रतियोगिता मंसिर १ गतेदेखि सुरु भएको हो र फाइनल मंसिर २७ मा हुनेछ। प्रतियोगिताको विजेताले एक करोड १० लाख पुरस्कार पाउनेछन्।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागि छन्।

आजको दोस्रो खेल दिउँसो साढे ३ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट