Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कोरियन एम्बासडर अन्तराष्ट्रिय तेक्वान्दोमा भरतपुरका विवेक र बिक्रमलाई स्वर्ण, जस्मिनलाई कास्य

कोरियन एम्बासडर अन्तराष्ट्रिय तेक्वान्दोमा भरतपुरका विवेक र बिक्रमलाई स्वर्ण, जस्मिनलाई कास्य

चितवन : १३ औं कोरियन एम्बासडर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भरतपुरका तीन खेलाडीले पदज जितेका छन् । च्याम्पियन्सिपमा भरतपुरका खेलाडीले दुई स्वर्ण र एक कास्य पदक जितेका छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा जारी च्याम्पियन्सिपमा भरतपुर २४ का विवेक श्रेष्ठले पारा क्योरुगी ५४ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । उनले भुटानका टासी रिग्देन दोर्जीलाई हराएर स्वर्ण जितेका हुन् ।

यस्तै बिक्रम श्रेष्ठले पारा पुम्सेमा स्वर्ण पदक जितेका छन् भने जस्मिन गुरुङले महिला ४६ केजी तौल समुहमा कास्य जितेकी छन् । च्याम्पियनसिपमा नेपाल, भुटान, भारत र बंगलादेशबाट खेलाडीहरु सहभागी छन् । च्याम्पियन्सिप आज सकिदैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट