Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपीएलमा लुम्बिनी–जनकपुर भिडन्त : प्लेअफ दौड थप रोमाञ्चक

एनपीएलमा लुम्बिनी–जनकपुर भिडन्त : प्लेअफ दौड थप रोमाञ्चक

काठमाडौँ : राजधानीमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स कीर्तिपुरमा आमनेसामने छन्। जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

छ खेलबाट ६ अङ्क बटुलेको लुम्बिनीका लागि प्लेअफमा पुग्न आजको जित अत्यन्त महत्वपूर्ण छ। लुम्बिनी विजयी भएमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफ दौडबाट बाहिरिनेछन्।

तर जनकपुरले जित निकालेमा अंकतालिका थप रोचक बन्दै जानेछ। पाँच खेलबाट २ अङ्कमात्र रहेको जनकपुरले आज जिते ४ अङ्क बनाउनेछ र अन्तिम खेल बाँकी रहँदा अधिकांश टोलीबीच प्रतिस्पर्धा कडा हुनेछ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स १२ अङ्कका साथ अपराजित रूपमा पहिलो क्वालिफायर सुनिश्चित गरिसकेका छन्। काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्स पनि प्लेअफमा सुरक्षितछन्। कर्णाली याक्स पहिले नै बाहिरिसकेको छ। मङ्सिर १ देखि सुरु भएको प्रतियोगितामा ८ टोली सहभागी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट