चितवन : काठमाडौंको दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनशिप अन्तर्गत कराची एफसी र ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ।
प्रतियोगितामा पाकिस्तानको कराची सिटी एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, बंगलादेशको नस्रिन स्पोर्टस एकेडेमी, भारतको इस्ट बंगाल एफसी र नेपालको एपीएफ फुटबल क्लबले सहभागिता जनाएका छन्। यी सबै टिम आफ्नो देशका महिला लिग च्याम्पियन हुन्।
प्रतियोगिता आगामी डिसेम्बर २० सम्म सञ्चालन हुनेछ। ‘सिंगल राउन्ड रोबिन’ प्रणालीमा खेलाइने यस च्याम्पियनशिपमा शीर्ष दुई टिमले फाइनलमा स्थान बनाउनेछन्।