Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जापानका राजदूत तोरुले प्रधानमन्त्री कार्कीसँग भेट गर्दै सहयोग प्रतिबद्धता दोहोर्याए

जापानका राजदूत तोरुले प्रधानमन्त्री कार्कीसँग भेट गर्दै सहयोग प्रतिबद्धता दोहोर्याए

काठमाडौँ : नेपालमा पदस्थ जापानका राजदूत महामहिम मायदा तोरुले आज प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

भेटको मुख्य उद्देश्य नेपाल–जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने तयारी र सम्बन्धका विविध पक्षमा छलफल गर्नु रहेको थियो। भेटका क्रममा राजदूत तोरुले सरकारको समयमै चुनाव सम्पन्न गर्ने सङ्कल्पको सराहना गर्दै, जापान सरकारले आवश्यक सहयोग उपलब्ध गराउन सधैं तयार रहेको दोहोर्‍याएका छन्।

प्रधानमन्त्री कार्कीले जापानले नेपालका विकास प्रयास र अन्य विभिन्न क्षेत्रमा पुर्याउँदै आएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै, भविष्यमा पनि दुई देशबीच सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट