काठमाडौं : सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ।टस हारेर ब्याटिङका लागि मैदानमा उत्रिएको सुदूरपश्चिमले चार विकेट गुमाएर १६९ रन बनायो। सुदूरपश्चिमका लागि क्रिश लिनले सर्वाधिक ७५ रन बनाएर रिटायर्ड अप भए भने विनोद भण्डारी २१ र पुनित मेहरा १३ रन बनाएर आउट भए।
हर्मित सिंह र इशान पाण्डे समान एक एक रन बनाएर पेभेलियन फर्के। आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले समाा २४/२४ रनमा अविजित रहे।
चितवनका लागि सैफ जैवले दुई, रञ्जित कुमार रु जर्ज स्क्रिमसले समान एक एक विकेट लिए। सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij