Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपीएल: सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध मध्यम सुरुवात

एनपीएल: सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध मध्यम सुरुवात

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध मध्यम सुरुवात गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले पहिलो ६ ओभरमा एक विकेट गुमाएर ४६ रन बनाएको छ। हाल क्रिजमा रहेका क्रिस लिन २३ रन र इशान पाण्डे शून्यमा खेलिरहेका छन्। यसअघि अर्का ओपनर विनोद भण्डारी २१ रनमा आउट भएका थिए। चितवनका रञ्जित कुमारले एक विकेट लिए।

सुदूरपश्चिमले प्रतियोगितामा पहिले नै प्लेअफ यात्रा सुनिश्चित गरिसकेको छ। आजको खेल जितेमा शीर्ष स्थान पनि सुनिश्चित हुनेछ। यता, चितवनको टोली प्लेअफ दौडमा रहन आजको खेलमा जितको दबाबमा छ।

यसअघि आजै भएको पहिलो खेलमा काठमाण्डू गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध १३ रनको जित निकाल्दै प्लेअफमा आफ्नो स्थितिलाई बलियो बनाएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट