Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

साहब आलमको ह्याट्रिकसहितको ६ विकेट प्रदर्शनले काठमाण्डु गोर्खाजलाई एनपिएल प्लेअफमा पुर्‍यायो

साहब आलमको ह्याट्रिकसहितको ६ विकेट प्रदर्शनले काठमाण्डु गोर्खाजलाई एनपिएल प्लेअफमा पुर्‍यायो

काठमाडौँ : साहब आलमको ह्याट्रिकसहितको ६ विकेट प्रदर्शनले काठमाण्डु गोर्खाजलाई नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुर्‍याएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहीबार भएको खेलमा काठमाण्डुले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्यो।

लिगका सबै खेल सकेपछि काठमाण्डु १० अंकसहित शीर्षस्थानमा उक्लिएको छ र प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ। यसअघि सुदूरपश्चिम दुई खेल अघि नै प्लेअफमा प्रवेश गरिसकेको थियो।

पोखराको प्लेअफ सम्भावना कमजोर बनेको छ। ६ खेलबाट चार अंक मात्रै जोडेको पोखरा एभेन्जर्सले जितका लागि १६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको थियो, तर २० ओभरमा सबै विकेट गुमाएर १५२ रनमै समेटिएको थियो।

पोखराका लागि रिशि धवनले अर्धशतकीय ५४ रन बनाएका थिए (३१ बल, ३ चौका, २ छक्का), जबकि धनञ्जय लक्ष्मण ३०, कप्तान कुशल भुर्तेल २२, र जासन रोय १६ रनमा रोकिए।

बलिङमा साहब आलम एक्लैले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए। त्यस्तै, सन्नी पटेल र कप्तान करण केसीले २–२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाण्डु गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनाएको थियो।
ओपनर बेन चार्ल्सवर्थले ६४ रन (५५ बल, ५ चौका, २ छक्का) र भीम सार्कीले ५५ रन (२३ बल, ५ चौका, ४ छक्का) बनाए। त्यस्तै, मिलिन्ड कुमारले १३ रन योगदान गरे।

पोखराका बलिङतर्फ धनञ्जय लक्ष्मण ४ विकेट, कुशल भुर्तेल २ विकेट, र किरण ठगुन्ना तथा विपिन कार्कीले १–१ विकेट लिए।

आज अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच अर्को खेल हुने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट