Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एपिएफ क्लबको उद्घाटन खेल आज बङ्गलादेशको नास्रिन अकादेमीसँग

एपिएफ क्लबको उद्घाटन खेल आज बङ्गलादेशको नास्रिन अकादेमीसँग

काठमाडौँ : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौँमा सुरु हुन लागेको छ। दशरथ रङ्गशालामा आयोजना हुने प्रतियोगितामा आयोजक नेपालका एपिएफ क्लबसहित पाँच देशका क्लबको सहभागिता रहनेछ।

एपिएफले उद्घाटन दिनमै साँझ ६:०० बजे बङ्गलादेशको नास्रिन स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ। खेलअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डेले घरेलु मैदानमै उपाधि जित्ने लक्ष्य रहेको बताउनुभयो। उहाँका अनुसार टोलीले उत्कृष्ट तयारी गरेको छ र राष्ट्रिय खेलाडीको बलियो समावेशले एपिएफ उपाधि दावेदार बनेको छ।

पत्रकार सम्मेलनमा सहभागी अन्य क्लबका प्रशिक्षकहरूले पनि राम्रो प्रदर्शनसहित उपाधिमा दाबी गर्ने अभिव्यक्ति दिएका छन्।

एपिएफले मङ्सिर २५ गते भुटानको ट्रान्सपोर्ट्स क्लब, २७ गते पाकिस्तानको कराँची क्लब र पुस २ गते भारतको इष्ट बंगालसँग लिग चरणका खेल खेल्नेछ। लिग चरणबाट शीर्ष दुई टोली फाइनलमा भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट