काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डू गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले लक्ष्य पछ्याउने क्रममा मध्यम सुरुआत गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६६ रनको लक्ष्य पछ्याइरहेको पोखराले पहिलो ६ ओभरमा दुई विकेट गुमाएर ३७ रन जोडेको छ।
पोखराबाट कप्तान कुशल भुर्तेल ६ रनमा र त्रितराज दास ९ रनमा क्रिजमा रहेका छन्। काठमाण्डूका सन्नी पटेल र साहब आलम ले समान एक–एक विकेट लिएका छन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६५ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij