Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पोखरा एभेन्जर्सविरुद्ध काठमाण्डूको लिग चरणको अन्तिम खेलमा दबाब

पोखरा एभेन्जर्सविरुद्ध काठमाण्डूको लिग चरणको अन्तिम खेलमा दबाब

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डू गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ पावर प्लेमा कमजोर सुरुआत गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएका काठमाण्डूले पहिलो ६ ओभरमा २ विकेट गुमाएर ३१ रन बनाएको छ। हाल क्रिजमा रहेका ओपनर बेन चाल्र्सवर्थले १९ रन बनाएका छन् भने मिल्न्दी कुमार १ रनमा खेलिरहेका छन्। त्यहाँअघि राशिद खानले ७ रन जोड्दै पभेलियन फर्किएका थिए।

ओपनर आकाश त्रिपाठी शून्यमा आउट भएका छन्। पोखराका धनन्जय लक्षणले दुई विकेट लिए।

पोखराले प्लेअफमा स्थान सुरक्षित गर्न आजको खेल जित्नै पर्ने दबाब रहेको छ। पाँच खेल खेलेको पोखराले दुई जित र तीन हारसहित चार अंक जोडेको छ। काठमाण्डूले भने ६ खेलबाट आठ अंक जोडिसकेको छ। यो काठमाण्डूको प्रतियोगिताको लिग चरणको अन्तिम खेल हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट