Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अध्यागमन विभागले लागू गर्दै ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’

अध्यागमन विभागले लागू गर्दै ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’

काठमाडौँ : अध्यागमन विभागले नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको तथ्याङ्क व्यवस्थित रूपमा सङ्कलन, अभिलेखन र विश्लेषण गर्न ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्न, सूचना प्रवाह सहज बनाउन, पर्यटन प्रवर्द्धन गर्न र अपराध नियन्त्रणमा सहयोग पुर्‍याउन यो प्रणाली आवश्यक छ। आगामी जनवरी १, २०८२ (पुस १८) देखि विदेशी नागरिकहरूले नेपाल प्रवेश गरेपछि आफ्नो आवास ('एकोमोडेसन') अनिवार्य रूपमा घोषणा गर्नुपर्ने व्यवस्था लागू हुनेछ।

महानिर्देशक तिवारीले भने, “जसरी हरेक नेपाली नागरिकको अवस्थाबारे राज्यलाई जानकारी हुन्छ, त्यसै गरी नेपाल आउने विदेशी नागरिकहरूको अवस्थाबारे पनि जानकारी आवश्यक छ।”

नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) की वरिष्ठ उपाध्यक्ष तेजश्वी तुलाधरले यो प्रणालीले पर्यटकको सुरक्षा सुनिश्चित गर्न र तथ्याङ्क सङ्कलन गर्न सहयोग पुर्‍याउने भएकाले ‘ट्रयाकिङ’ गलत नभएको धारणा राखिन्।

तर, होटल एसोसिएसन नेपाल (हान) का महासचिव साजन शाक्यले जनवरी १ देखि प्रणाली लागू गर्न कठिन हुने बताए। उनले तारे होटलहरूमा लागू गर्न सहज भए पनि सरकारी नीतिबारे पर्याप्त छलफल नभएको उल्लेख गरे।

विभागले पहिलो चरणमा २०८२ पुस १७ देखि उपत्यकाका तारे होटलहरूमा र २०८२ फाल्गुन १७ देखि देशभरका होटल, एयरलाइन्स, होमस्टे, ट्रेकिङ कम्पनी तथा सबै सेवा प्रदायकहरूमा प्रणाली अनिवार्य लागू गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट