काठमाडौँ : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा पोखराले टस जितेर बलिङ रोजेको छ। पाँच खेलमा चार अंक जोडेको पोखराले प्लेअफमा पुग्न आजको खेलमा जीत आवश्यक छ। काठमाडौँले छ खेलमा आठ अंक जोड्दै प्लेअफमा सुरक्षित स्थान सुनिश्चित गर्न आजको जित चाहन्छ।
आजै अपरान्ह ४ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता मङ्सिर १ गतेदेखि आठ टोलीको सहभागितामा सुरु भएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij