Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आज एनपीएलमा दुई खेल हुँदै,जित्नैपर्ने दबाबमा चितवन र पोखरा

आज एनपीएलमा दुई खेल हुँदै,जित्नैपर्ने दबाबमा चितवन र पोखरा

काठमाडौँ : त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछ। पहिलो खेल ११ः ४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज हुनेछ। यस्तै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम रोयल्स र प्लेअफको बाटोमा रहेको चितवन राइनोज अपराह्न ४ बजे आमनेसामने हुनेछन् ।

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले ६ खेलबाट आठ अङ्क जोडेको छ ।

सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट