Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपिएल भिडन्त: विराटनगर–लुम्बिनी खेल सुरु, फाफ डुप्लेसी ओपनिङमा

एनपिएल भिडन्त: विराटनगर–लुम्बिनी खेल सुरु, फाफ डुप्लेसी ओपनिङमा

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किङ्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा जारी छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोजेको छ। टस हारेर विराटनगरले ब्याटिङ सुरु गरेको छ।

विराटनगरले शेहान जयसूर्याको स्थानमा स्टार ब्याट्सम्यान फाफ डुप्लेसीलाई ओपनिङमा उतारेको छ।

हाल विराटनगर पाँच खेलमा आठ अंकसहित छ, भने लुम्बिनीले पाँच खेलबाट दुई जित मात्रै बटुलेको छ। प्लेअफको सम्भावना कायम राख्न लुम्बिनीले आजको खेल जित्नै पर्ने दबाबमा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट