काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विदेशी खेलाडीको दबदबा देखिएको छ। बुधबारसम्म तीनवटा शतक प्रहार भइसकेका छन्, जसमा सबै विदेशी खेलाडीले बनाएका हुन्। पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध ५५ बलमा १०८ रन बनाउँदै अविजित शतक प्रहार गरे।
अर्धशतकमा पनि विदेशी खेलाडीले १७/२६ प्रहार गरेका छन्। सर्वाधिक रनको सूचीमा पनि विदेशी खेलाडी अग्रस्थानमा छन्, जबकि बलिङमा नेपाली खेलाडीले दबदबा देखाएका छन्।
एनपीएल इतिहासमा विराटनगर किंग्सले सबैभन्दा उच्च २२० रन बनाएको छ। आठ टोली सहभागी प्रतियोगितामा सुदूरपश्चिम प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ भने कर्णाली बाहिरिने पहिलो टोली हो। प्रतियोगिता मङ्सिर २७ गते सम्पन्न हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij