काठमाडौं : दक्षिण अफ्रिकाका चर्चित ब्याटर फाफ डू प्लेसिसले बुधबार नेपाल प्रिमियर लिग (एनपीएल)मा डेब्यु गर्ने भएका छन्। विराटनगरमा अनुबन्धित फाफ लुम्बिनी लायन्सविरुद्ध मैदानमा उतारिने भएका हुन्।
विराटनगरले फाफलाई प्लेइङ–११ मा राख्दै कर्णाली याक्सविरुद्ध खेलेका साहन जयसूर्यालाई बेन्चमा राखेको छ। फाफ एनपीएलका लागि सोमबार नेपाल आएका थिए।
विराटनगरको प्लेइङ–११:
प्रतिश जिसी, लोकेश बम (विकेटकिपर), बसिर अहमेद, सन्दीप लामिछाने, सुवास भण्डारी, नारायण जोशी, साहिल पटेल, फाफ डू प्लेसिस, जर्ज मुन्से, सामुयल हेजलेट, मर्चेन्ट डी लांगे
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij