खजुरा : लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालले खेलकुदले विद्यार्थीलाई अनुशासित र सकारात्मक बनाउने बताएका छन्। बुधबार कोहलपुरको खुला मैदानमा सुरु भएको तेस्रो ‘प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता’ उद्घाटन गर्दै उनले विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन विद्यालयहरूलाई आग्रह गरे।
तीन दिनसम्म चल्ने प्रतियोगितामा २८ विद्यालयका १,८३४ विद्यार्थी सहभागी छन्। माध्यमिक तहमा एथ्लेटिक्स र भलिबल, आधारभूत तहमा एथ्लेटिक्स र फुटसल तथा नर्सरी–कक्षा ३ का विद्यार्थीबीच विभिन्न खेल प्रतिस्पर्धा भइरहेको छ।
उद्घाटन कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि तथा शिक्षासम्बद्ध व्यक्तित्वहरूले शुभकामना व्यक्त गरे। उत्कृष्ट टोलीले शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij