Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बार्सिलोना ३–१ ले एट्लेटिको म्याड्रिडलाई हरायो

बार्सिलोना ३–१ ले एट्लेटिको म्याड्रिडलाई हरायो

काठमाडौँ  : स्पेनिस ला लिगामा बार्सिलोना आफ्नो अग्रता बढाउँदै छ।

मङ्गलबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई ३–१ गोल अन्तरले हराएको हो। बार्सिलोनाको जित पुनरागमनपूर्ण खेलको परिणाम बनेको थियो।

बार्सिलोनाका लागि राफिन्हाले २६औँ मिनेटमा, ड्यानी ओएल्मोले ६५औँ मिनेटमा, र फेरान टोरेसले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई विजयी बनाएका थिए। यसअघि एट्लेटिकोका एले बाइनाले १९औँ मिनेटमा सुरुवाती गोल गरेका थिए।

जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले १५ खेलबाट ३७ अंक बनाएको छ। एक खेल कम खेलेको रियल म्याड्रिड ३३ अंकसहित दोस्रो स्थानमा छ। पराजित एट्लेटिको १५ खेलबाट ३१ अंक जोड्दै चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट