Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपिएल २०८२: तीन शतक विदेशी खेलाडीले प्रहार, बलिङमा नेपालीको दबदबा

एनपिएल २०८२: तीन शतक विदेशी खेलाडीले प्रहार, बलिङमा नेपालीको दबदबा

काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपिएल) २०८२ को दोस्रो संस्करणमा अबसम्म तीन शतक प्रहार भएका छन्। हालसम्मका तीनवटै शतक विदेशी खेलाडीले बनाएका हुन् भने नेपाली खेलाडीले शतक बनाउन सकेका छैनन्।

मङ्गलबारको २१औँ खेलमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध ५५ बलमा १०८ रनको शतक प्रहार गरे। यसअघि कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमा ११४ रन बनाएका थिए। एनपिएलको पहिलो संस्करणमा अमेरिकाका आन्द्रिज गोउसले एकमात्र शतक प्रहार गरेका थिए।

अर्धशतकमा पनि विदेशी खेलाडीको दबदबा:
हालसम्म २२ खेलाडीले २६ अर्धशतक प्रहार गरेका छन्, जसमा १७ अर्धशतक विदेशी खेलाडीका नाममा छन्। नेपाली खेलाडीले मात्र ९ अर्धशतक प्रहार गर्न सकेका छन्।

सर्वाधिक रन र बलिङ:
सर्वाधिक रन विदेशी खेलाडीले बनाएका छन्। पाँच खेलमा २५३ रन हिर्काएका एडम रोसिङ्टन पहिलो स्थानमा छन्। बलिङमा भने नेपाली खेलाडी अब्बल देखिएका छन्। सुदूरपश्चिमका अभिनाश बोहरा पाँच खेलमा ११ विकेटसहित शीर्ष स्थानमा छन्।

उच्च स्कोर र कम स्कोर:
एनपिएलमा विराटनगर किङ्ग्सले २२० रन बनाएर हालसम्मको उच्च स्कोर कायम गरेको छ। दोस्रो उच्च स्कोर पोखराले २०१ रन बनाएर राखेको छ। सबैभन्दा कम स्कोर चितवनले ८९ रनमा बनाएको थियो।

दोस्रो संस्करणमा आठ टोली सहभागी छन्। हालसम्म सुदूरपश्चिम प्लेअफमा पुगेको पहिलो टोली बनेको छ भने कर्णाली प्रतियोगिताबाट बाहिरिएको पहिलो टोली हो। प्रतियोगिता मङ्सिर २७ गते सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट