काठमाडौं : नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले तेस्रो मुलुकतर्फ यात्रा गर्ने नेपाली यात्रुका लागि विशेष ट्रान्जिट डेस्क सञ्चालनमा ल्याएको छ।
यो सुविधा नेपाली नागरिकका लागि ट्रान्जिट प्रक्रिया सरल बनाउने, अनावश्यक ढिलाइ घटाउने र अन्तर्राष्ट्रिय यात्रा सहज बनाउन तयार गरिएको हो। नेपाली दूतावासको समन्वयमा सञ्चालन हुने डेस्कले यात्रुका कागजात प्रमाणीकरण, मार्गनिर्देशन र सुरक्षासम्बन्धी आवश्यक सहयोग प्रदान गर्नेछ।
पछिल्ला वर्षमा गल्फ, युरोप, अमेरिका र विभिन्न एसियाली मुलुकतर्फ दिल्ली हुँदै यात्रा गर्ने नेपालीको संख्या बढ्दै गएपछि कागजात अभाव वा त्रुटिका कारण उडान नपाइने समस्यालाई रोक्न यो सुविधा सुरु गरिएको हो।
विशेष ट्रान्जिट डेस्कले नेपाली यात्रुहरूको अन्तर्राष्ट्रिय यात्रामा सुरक्षा, गति र सहजता बढाउने महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij