Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनी पत्रकारको मृत्यु

गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनी पत्रकारको मृत्यु

गाजा :  इजरायली ड्रोन आक्रमणमा खान युनिसको मध्य भागमा प्यालेस्टिनी फोटो पत्रकार महमुद वादीको मृत्यु भएको छ । आइतबार स्थानीय रिपोर्टलाई आधार मानेर अल जजिराले यसबारे जानकारी दिएको हो ।अल जजिराले प्रमाणित गरेको इन्स्टाग्राममा पोस्ट गरिएको एक भिडियोमा मृतक पत्रकार वादीलाई प्रेस टीसर्ट लगाएर राखिएको देखिन्छ, जसमा उनको मृत शरीर वरपर शोक गर्नेहरू जम्मा भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार गाजामा हालसम्म २६० भन्दा बढी सञ्चारकर्मी मारिएका छन्, जसले यस द्वन्द्वलाई पत्रकारहरूका लागि अहिलेसम्मकै सबैभन्दा घातक भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट