Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपीएलमा पोखराको दोस्रो जित, हारसँगै प्लेअफ दौडबाट बाहिरियो कर्णाली

एनपीएलमा पोखराको दोस्रो जित, हारसँगै प्लेअफ दौडबाट बाहिरियो कर्णाली

काठमाडौं :  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लगातार पाँचौं हार व्यहोर्दै कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।मंगलबार भएको आफ्नो छैटौं खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित हुँदै कर्णाली प्लेअफ दौडबाट बाहिरिएको हो ।

६ खेलमा एक खेलमा मात्रै जित निकालेको कर्णाली प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको हो । पाँचौं खेलमा दोस्रो जित निकालेको पोखराले प्लेअफको सम्भावना कायमै राखेको छ ।पोखरा एभेन्जर्सले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो । कर्णालीका लागि ओपनर मार्क वाटले ३४ बलमा ५९ रन बनाएका थिए । उनले ४ चौका र ५ छक्का प्रहार गरे । प्रियांक पाञ्चाल २ छक्का प्रहार गरी ११ बलमा १६, जयकिशन कोल्सावाला ६, पवन सर्राफ १४ बलमा समान १ छक्का र चौका प्रहार गरी १९ रनमा आउट भए । नाजिबुल्लाह जाद्रानले १५ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाए ।गुलशन झा ९, दीपेन्द्र सावत १०, कप्तान सोमपाल कामी १३, युनिससिंह ठकुरी ३ रन र विपिन शर्मा शून्यमा आउट भए ।

बलिङमा पोखराका ऋषि धमला र धनन्जय लक्षनले ३–३ विकेट लिए । किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिए ।त्यसअघि पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।

पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे।

बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एकएक विकेट लिए ।यता कर्णालीलाई पराजित गरेसँगै पोखराको प्लेअफ सम्भावना कायमै छ। पोखराले अब चितवन राइनोज र काठमाडौ गोर्खाजसँग खेल्नेछ।

कर्णालीलाई हराएपछि तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै पोखरा चार अंकमा पाचौँ स्थानमा उक्लेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट