काठमाडौँ : एनआईसी एशिया बैंक र दृष्टि आई केयर सिस्टमबीच सम्झौता सम्पन्न भएपछि बैंकका ग्राहकहरूले अस्पतालका विभिन्न सेवामा डिजिटल भुक्तानीमार्फत २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
अस्पतालमा आँखा, नाक, कान र घाँटी (ENT) सम्बन्धी उपचार गर्दा छुट सुविधा लागू हुनेछ।
ENT & General Service: OPD मा २०%, Investigation मा १०% छुट।
आँखा उपचार: OPD General २०%, Operation Charge/Surgery Package/Investigation ५%, Laboratory १०%, Optical Products ७.५% छुट।
ग्राहकहरूले यो सुविधा डेबिट/क्रेडिट/प्रिपेड कार्ड वा MoBank एप मार्फत भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन्।
बैंकले जनाएको छ कि यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग गर्नुका साथै डिजिटल भुक्तानी प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij