Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भारतमा यात्रुबसमा आगलागी हुँदा ३ जनाको जलेर मृत्यु, अधिकांश नेपाली

भारतमा यात्रुबसमा आगलागी हुँदा ३ जनाको जलेर मृत्यु, अधिकांश नेपाली

एजेन्सी : नेपाल भारत सीमा क्षेत्र रुपन्देहीको सुनौलीबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको यात्रुबसमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । जसमध्ये दुई जना नेपाली रहेका छन् ।

बसमा ४५ जना यात्रु रहेकोमा धेरैजसो नेपालका रहेको जनाइएको छ । जसमध्ये २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बस भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोकिएर आगलागी भएको थियो । ट्रकसँग ठोकिँदै बस १ सय मिटर परको हाई–टेन्सन बिजुलीको पोलमा ठोकिएको थियो । त्यसपछि पोल भाँचिएर बसमा खसेको थियो । त्यसपछि भीषण आगलागी भएको थियो । मृत्यु भएका तीन जना जिउँदै जलेका थिए ।

दुर्घटनापछि चालक र कन्डक्टरको अवस्था अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट