काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुँदैछन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। लगातार चार खेल हारेर समूहको पुछारमा रहेको जनकपुरले यो खेल जितेर ‘प्लेअफ’को दौडमा कायम रहन चाहन्छ। यदि पराजित भयो भने जनकपुर प्रतियोगिताबाट बाहिरिनेछ।
चार खेलबाट दुई खेल जितिसकेको चितवनले पनि आजको खेल जितेर प्लेअफको सम्भावना अझ बलियो बनाउन खोज्नेछ।
आज अपराह्न ४ः०० बजे दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्। प्रतियोगिता मङ्सिर १ गतेदेखि सुरु भएको हो र अहिलेसम्म १९ खेल सम्पन्न भएका छन्। हालसम्म अपराजित सुदूरपश्चिम रोयल्सले १० अंक जोड्दै प्लेअफ पुग्ने पहिलो टोलीको रूपमा स्थान सुरक्षित गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij