ढाका : बङ्गलादेशको अर्को एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा ५ वर्षको जेल सजाय सुनाएको छ । बीबीसी बङ्गलाका अनुसार सोमबार ढाकाको विशेष न्यायाधीश अदालतले उनलाई जेल सजाय सुनाएको हो ।
अदालतले उनकी बहिनी शेख रिहानालाई ७ वर्षको कठोर कारावासको सजाय सुनाएको छ । रिहानाकी छोरी टयुलिप रिजवाना सिद्दीकीलाई पनि २ वर्षको कठोर कारावास र १ लाख टाका जरिवानाको सजाय सुनाएको छ । अदालतले हसिना, रिहाना र टयुलिपसहित १७ जनाविरुद्ध फैसला सुनाएको थियो ।
भ्रष्टाचार विरोधी आयोगले पुरबाचल नयाँ सहर परियोजनाका लागि सरकारी जग्गा लिएको आरोपमा मुद्दा दर्ता गरेको थियो । यस मुद्दामा यी तीन जनाबाहेक पूर्व आवास र लोक निर्माण राज्यमन्त्री सरिफ अहमद, सार्वजनिक निर्माण मन्त्रालय राजुक र प्रधानमन्त्री कार्यालयका १४ जना अधिकारीहरूलाई पनि अभियुक्त बनाइएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij